पाथीभरामा केवलकार बनाउन दिने र नदिने पक्षबीच झडप
वेलकम खबर
कार्तिक २३, २०८१
ताप्लेजुङ । पूर्वको प्रसिद्ध तीर्थस्थल ताप्लेजुङको पाथिभरामा केबलकार बनाउने विषयमा विवाद हुँदा झडप भएको छ । केबरकार बनाउन दिने र नदिने पक्षमा रहेकाहरुबीच शुक्रबार झडप भएको हो । कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङका अनुसार, दुई पक्षबीच विवाद हुने स्थिति देखिएपछि प्रहरी परिचालन गरेर स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।स्थानीयका अनुसार, अहिले पनि त्यहाँ तनावको स्थिति छ । थप विवरण आउन बाँकी छ ।
अनलाईन खबरबाट साभार


















