ताप्लेजुङको तेल्लोकमा एक पुरुषको लडेर ज्यान गयो
ताप्लेजुङ । ताप्लेजुङको सिरिजङघा ४ तेल्लोकमा एक पुरुषको लडेर ज्यान गएकोछ । मृत्यु हुनेमा स्थानीय अन्दाजी २६ बर्षका विवेक भनिने धन बहादुर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी विवेक बस्नेतले बताउनुभयो । प्रहरीका अनुसार तेल्लोकको याङपाङमा कार्तिक १४ गते महिला फुटबल हेर्न गएका शनिवार सम्म घर नफर्किको भनि मृतकका दाजु विक्रम भण्डारीले प्रहरीलाई जानकारी गराए पश्चात प्रहरी र स्थानीयले खोजतलास गर्ने क्रममा आज विहान सिरिजङघा ४ को फुन्द्रुवाको भिरमा मृत अवस्थामा फेला परेको हो । घटनाको अनुसन्धान र आवश्यक कानुनी प्रक्रिया पुरा गर्न घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक विवेक बस्नेतको कमाण्डमा प्रहरी टोली त्यस तर्फ प्रस्थान गरेको प्रहरीले जनाएकोछ ।


















