मेरिङदेन कप आगामि कार्तिक २४ देखि २८ सम्म

मदन गौतम
कार्तिक १६, २०८१

ताप्लेजुङ ।ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं ३ खाम्लुङमा चौथो मेरिङदेन कप हुने भएकोछ । मेरिङदेन ३ खाम्लुङमा अवस्थित पृथ्वी तथा लेस्नमाया स्मृति खेल मैदानमा पृथ्वी तथा लेस्नमाया स्मृति युवा क्लबले शुभदिपावली तथा बलिहाङ तङनामको अवसरमा आगामी कार्तिक २४ गतेदेखि २८ गतेसम्म क्लब स्तरीय खुल्ला महिला तथा पुरुष फुटबल साथै वडा स्तरिय प्रतियोगिता सञ्चालन गर्ने भएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब ६ लाख ५० हजार खर्च हुने अनुमान आयोजकले गरेकोछ । युवाहरुको शारिरीक मानसिक तथा बौद्धिक क्षमता विकासका लागि लक्षित गरि समग्र मेरिङदेन गाउपालिकाको पर्यटन तथा धार्मिक गन्तव्यको प्रचारस्रसारमा टेवा पुर्‍य ाउन प्रतियोगिता आयोजना गरेको क्लबका अध्यक्ष सुजन सामेखामले बताउनुभयो । प्रतियोगिता नकाउट विधिद्धारा खेलाइने छ । खेलमा अतिरिक्त सहित १० जना खेलाडीको सहभागिता हुने आयोजक क्लवले जनाएको छ । जिल्ला खेलकुद विकास समिति ताप्लेजुङमा आवद्ध क्लबलाई मात्र प्रतियोगितामा सहभागि गराउने आयोजकले जनाएकोछ ।

प्रतियोगितामा प्रथम हुने पुरुष तर्फ नगद १ लाख १ हजार १ सय ८१ रुपैयाँ पुरस्कारका साथमा कप,मेडल र प्रमाण–पत्र , महिला तर्फ प्रथमले नगद ३० हजार रुपैयाँ पुरस्कारका साथमा कप,मेडल र प्रमाण–पत्र तथा पुरुष तर्फ दितियले ७१ हजार १ सय ८१ रुपैयाँका साथमा कप,मेडल र प्रमाण–पत्र र महिला तर्फ दितियले २० हजार रुपैयाँका साथमा कप,मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा बिधागततर्फ उत्कृष्ट खेलाडी,उत्कृष्ट डिफेण्डर,उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताका लागि समेत पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लवका अध्यक्ष सामेखामले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*