जिससको काम कर्तव्य र अधिकार बढाऔ ,नत्र खारेज नै गरौ ःयोगेस कुमार भट्टराई
ताप्लेजुङ । संविधान संसोधन गरि संविधानमा जिससको काम कर्तव्य र अधिकार बढाऔ , नत्र खारेज नै गरौ ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभाका संसद तथा मा.पुर्व मन्त्री योगेस कुमार भट्टराईले जिल्ला समन्वय समितिद्धारा बुधबार आयोजित जिल्ला सभालाई संवोधन गर्दै यस्तो बताएका हुन । साभन स्रोत छैन ,बजेट छैन, बार्षिक साधारण सभा मात्र गर्ने ,रिपोटीङ गर्ने मात्र गर्दा यो संस्थाको औचित्यको पुष्टि नहुने भनाइछ । बसाईसराईले पहाड रित्तिने र गाउघरमात्र रहने खतरा बढेको बताएका छन् । बसाई सराइलाई स्थानिय तह र प्रदेश तथा संघ सरकार गंम्भिर हुन जरुरी रहेको भट्टराईले बताए । भट्टराईले भने नत्र गाउँघर हुन्छ , मान्छे हुँदैनन् । जनधनको क्षति हुन नदिन एकिकृत बस्तीको विकासको अवधारणमा लाग्न स्थानिय तह र प्रदेश तथा संघ सरकारसँग आग्रह गरे ।


















