ताप्लेजुङ मेरिङदेन २ सान्थाक्राको सुर्माटारमा वडा स्तरीय खुल्ला पुरुष फुटबल हुने
ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं २ सान्थाक्राको सुर्माटार खेलमैदानमा बलिहाङ तङनामको पावन अवसरमा श्री शान्ति युवा परिवारले आगामी कात्र्तिक ११ गतेदेखि साविक वडा स्तरीय खुल्ला पुरुष फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।
प्रतियोगिता साविकको खुल्ला वडा स्तरीय भएकाले इच्छुक नगरपालिका तथा गाउँपालिकाका वडाहरुले सहभागी हुन पाउने क्लवका अध्यक्ष दिपक चोङवाङले बताउनुभयो । चोङवाङका अनुसार खेल नकाउट विधिद्धारा खेलाइने छ । खेलमा अतिरिक्त सहित १० जना खेलाडीको सहभागिता हुने आयोजक क्लवले जनाएको छ ।
प्रतियोगिताको प्रथमले नगद ७५ हजार रुपैयाँ पुरस्कारका साथ तीनबर्षे रनिङ कप,मेडल र प्रमाण–पत्र तथा दितियले ४५ हजार रुपैयाँका साथ तीनबर्षे रनिङ कप,मेडल र प्रमाण–पत्र पाउने छन् । प्रतियोगितामा बिधागततर्फ उत्कृष्ट खेलाडी,उत्कृष्ट डिफेण्डर,उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताका लागि समेत पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लवका सल्लाहाकार आन्नद चोङवाङले बताउनुभयो ।


















