फुङलिङमा तेस्रो स्वर्गीय चन्द्रबहादुर नयोङहाङ स्मृति पुरुष नकाउट फुटबल प्रतियोगिता हुने

मदन गौतम
अशोज २०, २०८१

ताप्लेजुङ । आगामी कात्तिक ४ देखि ९ गते सम्म ताप्लेजुङ फुङलिङमा तेस्रो स्वर्गीय चन्द्रबहादुर नयोङहाङ स्मृति पुरुष नकाउट फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक कर्णसिंह सोनाम फुटबल क्लवका अध्यक्ष हाङगो लिम्बूका अनुसार ताप्लेजुङको पाथीभरा क्याम्पसको खेलमैदानमा प्रतियोगिता संचालन हुने भएको हो । आज क्लवले पत्रकार सम्मेलनमार्फत प्रतियोगिता संचालनका विषयमा जानकारी गराएको हो । जिल्ला खेलकुद विकास समिति र जिल्ला फुटबल संघमा आधिकारिक रुपले दर्ता भएका क्लवहरुले १६ टीम सहभागी हुने आयोजकले बताएका छन् र दर्ता नभएका टिमले सहभागी हुन नपाउने आयोजकले जानकारी दिएकोछ ।

अध्यक्ष लिम्बुका अनुसार प्रतियोगितामा विजेताले नगद ८१ हजार १ सय ११ रुपैयाँ र उपबिजेताले ४१ हजार १ सय ११ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । प्रत्येक प्रतियोगिताको म्यान अफ द म्याच हुने खेलाडीलाई नगद १ हजार र बिधागततर्फ सर्बोत्कृष्ट खेलाडी,उत्कृष्ट गोलरक्षक,उत्कृष्ट डिफेण्डर र उत्कृष्ट प्रशिक्षक सहितलाई नगद सहित पुरस्कृत गर्ने आयोजकको भनाईछ ।

असोज २९ गते सम्ममा टिम दर्ता गरिसक्नु पर्ने र ३० गते खेल तालिका प्रकाशित हुने आयोजकले बताएकाछन् । समितिका कोषाध्यक्ष पवन लिम्बुका अनुसार प्रतियोगिता सम्पन्न गर्न ६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । पर्यटन,कृषि र खेलकुदलाई एकआपासमा जोड्दै ताप्लेजुङको बजार चलायमान बनाउन प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाईछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*