पाथीभरा याङ्वरक गाउँपालिकाले नदिजन्य पदार्थ उत्खननमा रोक
ताप्लेजुङ –ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले बिना अनुमति नदिजन्य पदार्थ (ढुङ्गा, गिटी तथा बालुवा) उत्खननमा रोक लगाएको छ । पालिकाले सोमबार नदिजन्य पदार्थ उत्खनन गर्न रोक लगाएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अभिषेक घिमिरेले हस्ताक्षरीत सुचनामा उल्लेख छ ।
उत्खननको कार्य गरे गाउँपालिकाले पहिलो पटक १५ हजार जरिवाना र पुन सो कार्य दोहा¥याएमा पहिलो पटक लिएको जरिवानको दोब्बर लिइने र उत्खनन गर्न प्रयोग हुने सामान समेत जफत गर्ने सुचनामा उल्लेख गरिएको छ । गाउँपालिकाको आर्थिक ऐन २०८१ को अनुसूची–११ को नं ८ मा अनुमति बिना गाउँपालिका भित्रको नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने व्यवस्था रहेको सुचना मार्फत सबैलाई जानकारी गराएकोछ ।


















