ताप्लेजुङको सिंदिवा ६ मेहेलेमा जेसीबी दुर्घटना हुँदा अपरेटर घाइते
ताप्लेजुङ । ताप्लेजुङको सिंदिवा गाउँपालिका वडा नम्बर ६ मेहलेमा गैराती जेसीबी दुर्घटना हुँदा अपरेटर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतका अनुसार मिले खवा स्थित भूगोल कम्पनी हाइड्रोपावरको जीव गाडी फसेको र उक्त गाडीलाई निकालेर फर्किएको सोही हाइड्रोपावरको ना प्र ( ०० ४ क २३ ९४ नम्बरको जेसीबी बाटोदेखि अन्दाजी ८० मिटर तल खसेको थियो ।
दुर्घटनामा परेका अपरेटर सिन्धुली जिल्ला कमलामाई गाउँपालिका १० बस्ने वर्ष २८ को कृष्णबहादुर श्रेष्ठ घाइते भएका र उपचारका लागि सुविधा सम्पन्न अस्पताल लगिएको र घाइतेको अवस्था मध्यम रहेको बताइएको छ घटनास्थल प्रहरी चौकी खेबाङबाट अन्दाजी ३ घण्टा पैदल दक्षिण दिशामा पर्ने जनाएको छ।


















