रणबहादुर लिङ्खिम स्मृति प्रतिष्ठानले मैवाखोला माध्यमिक विद्यालय तेम्बेको खेल मैदान निर्माण गर्न आर्थिक सहयोग

मदन गौतम
अशोज ९, २०८१

ताप्लेजुङ ।  स्वर्गीय रणबहादुर लिङ्खिम स्मृति प्रतिष्ठानले आज ताप्लेजुङको मैवाखोला माध्यमिक विद्यालय तेम्बेको खेल मैदान निर्माणका लागि १ लाख १ हजार १ सय रुपैयाँ सहयोग गरेकोछ । २०७७ सालमा स्थापना भएको प्रतिस्ठानले सामाजिक सहयोग गर्दै आइरहेकोछ र यस बर्ष मैवाखोला माध्यमिक विद्यालयको खेलमैदान निर्माणका लागि सहयोग गरेको प्रतिष्ठानका सदस्य दिनेश लिङखिमले बताउनु भयो । उक्त रकम बुधवार पत्रकार सम्मेलन गरि मैवाखोला माध्यमिक विदालय तेम्बेको खातामा जम्मा हुने गरी बिद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमबहादुर वनेम र प्रधानाध्यापक भक्तबहादुर लिम्बुलाई पठाईएको लिङखिमले बताउनु भयो ।
वि. स. २००४ सालमा जन्मनु भएका पूर्व ब्रिटिस गोर्खा सैनिक रणबहादुरको २०५३ साल असोज ९ गते बुधवार निधन भएको थियो । मृत्यु पछि रणबहादुरका परिवारले उहाँको स्मृतिमा सामाजिक कार्यमा सहयोग गर्ने उद्देश्यले प्रतिष्ठान खोलेर बर्षपिच्छे सामाजिक कामका लागि सहयोग गर्दै आइरहनु भएको छ । स्थापनाको पहिलो बर्ष कोरोना संक्रमण बिरुद्ध खटिने स्वास्थ्यकर्मी,सुरक्षाकर्मी र सञ्चारकर्मीका लागि स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको, २०७८ सालमा फरक क्षमता भएका बिद्यार्थीलाई न्यानो कपडा प्रदान गरेको थियो भने २०७९ सालमा ताप्लेजुङमा रहेका दृष्टीविहिन सदस्यहरुलाई न्यानो कपडा वितरण गरेको र अघिल्लो बर्ष युवाबर्ष माध्यमिक विद्यालय कैंजलेमा अध्ययनरत बिद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको प्रतिस्ठानले जनाएकोछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*