ताप्लेजुङमा अन्तराष्ट्रिय रेडपान्डा ट्रेल म्याराथन सरु
ताप्लेजुङ – अन्तराष्ट्रिय रेडपान्डा दिवसको अवसरमा आज (सनिवार) ‘अन्तराष्ट्रिय रेडपान्डा ट्रेल म्याराथन’ सरु भएकोछ । प्रतियोगिता ४८ किलोमिटर दुरिको ताप्लेजुङ सदरमुकाम फुङलिङ बाट पाथीभरा मन्दिर पुगेर सदरमुकामको तोक्मेडाडामा आईपुग्नु पर्नेछ । ताप्लेजुङ जिल्लाका जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा ,रेडपान्डा नेटवर्क कन्टि मेनेजर आङछिरिङ शेर्पा ,फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनले म्याराथनको उत्घाटन गर्नुभयो ।
४८ किलोमिटर दुरिको म्याराथनका लागि ५१ जना धावकले प्रतियोगितामा भाग लिएकछन । जसमा ११ जना महिला रहेका छन् । सहभागी धावक धेरै ताप्लेजुङकै रहेका छन् । एकजना महिला दक्षिण कोरियाकी छन् । रेडपान्डा नेटवर्क र फुङलिङ नगरपालिकाको आर्थिक सहयोगमा हिमाली संरक्षण मञ्चले आयोजना गरेको हो ।

समग्र प्रतिस्पर्धीको पहिलो हुने धावकले एक लाख रुपैया“ पुरस्कार प्राप्त गर्ने छन् । पुरुष र महिला धावकले क्रमश ५०, ३० र २० हजारका दरले प्रथम द्वितिय र तृतिय पुरस्कार पाउने छन् । ताप्लेजुङ, पा“चथर र इलामका प्रतिस्पर्धीले थप १५, १० र ५ हजार प्राप्त गर्ने हिमाली संरक्षण मञ्चका अध्यक्ष चन्द्रमणी लिम्बूले बताए । सबै धावकले ४८ किलोमिटर दूरी पार गर्नु पर्ने छ । जिल्ला अस्पताल र फुङलिङ नगरपालिका सगको समन्वयमा १३ जना स्वास्थ्य कर्मी परिचालन गरिएको छभने ताप्लेजुङ रनसगको समन्वयमा ७२ जना स्वयंसेवक परिचालन गरिएको आयोजकले बताएका छन् । सदरमुकामको तोक्मेडाडा बाट सुकेटार बिनानस्थल हु“दै देउराली, काफ्लेपाटी, माथिल्लो फेदी, पाथीभरा मन्दिर पुगेर फर्कने धावनमार्ग निर्धारण गरिएको छ ।


















