ताप्लेजुङको मेरिङदेनमा बलेरो दुर्घटना तिन घाइते

मदन गौतम
साउन २९, २०८१

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका ३ साक्फारामा बलेरो जिप दुर्घटना हुदा ३ जना घाइते भएका छन् । दोभानबाट नाल्बु जाँदै गरेको बलेरो जिप दोभान नाल्बु सडकको मेरिङदेन गाउँपालिका ३ साक्फारामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी कमलकुमार लुङगेलीले बताउनु भयो । फुङलिङ नगरपालिका ४ बस्ने कान्छीमा शेर्पा, उनका ३ वर्षीय छोरा पासाङडण्डु शेर्पा र मिक्वाखोला गाउँपालिका ४ साँवा बस्ने २५ वर्षीया उर्मिला लिम्बु घाइते भएका छन् । उपचारका लागि घाइतेहरुलाई ताप्लेजुङ जिल्ला अस्पतालतर्फ ल्याईदै गरेको सूचना अधिकारी लुङगेलीले बताउनु भयो । गाडीमा १० जना रहेका मध्ये ७ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । सुचना अधिकारी लुङगेलीका अनुसार ग ३ च ९८४७ नं को बोलेरो जिप सवारी चालक पेम्बा शेर्पा गाडीबाट निस्की ओट लगाउनको लागि ढुङ्गा लिन गएको अवस्थामा एक्कासी गाडी पछाडि बगेको र अन्दाजी २० मिटर तल खसी दुर्घटना भएको प्रहरीले जनाएकोछ । अनुसन्धानका लागि सवारी चालक शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*