सङ्घर्ष स्पोर्टिङ क्लबले ताप्लेजुङ गोल्डकपका लागि खेलाडीहरूको नामावली सार्वजनिक

मदन गौतम
साउन २८, २०८१

ताप्लेजुङ । लाखे जात्राको अवसरमा ताप्लेजुङ सदरमुकाम फुङ्लिङको भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा संचालन हुन लागेको दोस्रो ताप्लेजुङ गोल्डकप २०८१ का लागि जिल्ला तथा आयोजकको प्रतिनिधित्व गदै सङ्घर्ष स्पोर्टिङ क्लब ताप्लेजुङ ले खेलाडीहरूको नामावली सार्वजनिक गरेकोछ ।जिल्ला भित्रकै खेलाडीहरुलाई समावेश गरेर कुल १८ जना खेलाडीहरूको नामावली टुङ्गो लगाएकोछ । सदरमुकामस्थित भानु माविमा प्रशिक्षण दिए पस्चात मुख्य प्रशिक्षक डीके मादेन,सहायक प्रशिक्षक प्रविण राई र गोलरक्षक प्रशिक्षक रविन श्रेष्ठले खेलाडीहरुको अन्तिम नामावली तयार पारेकाहुन् ।
गोलरक्षकमा जेम्स लिम्बु र पर्वत लिम्बुलाई छनोट गरिएको छ भने रक्षा पंक्ति मिलन लिम्बु, नवीन खवास ,विशाल लिम्बु , सागर श्रेष्ठ ,अर्जुन सावा र प्रेम लिम्बुले सम्हाल्नेछन् ।
त्यस्तै मिडफील्डरतर्फ कप्तान अनुप सेन्दाङ,सविन तामाङ,शिशिर राई,मञ्जित लिम्बू र दीपक लिम्बु समेटिएका छन् । स्ट्राइकरतर्फ मनजित येङ्देन,दिपेश लिम्बु,जङ्गबहादुर गुरुङ,सुशील लिम्बु र विवेक मादेन छनोट भएका छन् । संघर्ष स्पोर्टिङ क्लब ताप्लेजुङले भाद्र ३ गते प्रतियोगिताको उद्घाटन खेलमा भारतको कञ्चनजङ्गा एफसीसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*