दोस्रो ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक

मदन गौतम
साउन २५, २०८१

ताप्लेजुङ ।  आगामी भाद्र ३ गतेदेखि १०गतेसम्म सञ्चालन हुने दोस्रो ताप्लेजुङ गोल्डकपको खेलतालिका सार्वजनिक गरिएकोछ। आज लाखे जात्रा सञ्चालन समितिले फुङ्लिङमा पत्रकार सम्मेलन मार्फत खेलतालिका सार्वजनिक गरेको हो । भाद्र ३ गते हुने उद्घाटन खेलमा ग्रुप एको संघर्ष स्पोर्टिङ क्लब ताप्लेजुङले भारतको कञ्चनजङ्गा फुटबल क्लब सिलगुडी सँग प्रतिस्पर्धा गर्नेछ ।

त्यस्तै भाद्र ४ गते दोस्रो खेल ग्रुप बीमा रहेको पाँचथर फुटबल क्लब पाँचथरले सलहेश युवा क्लब सिरहासँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने भएको छ । क्वाटर फाइनल अन्तर्गतको तेस्रो प्रतियोगिता बुटवल लुम्बिनी फुटबल क्लब रूपन्देही र सगरमाथा युथ क्लब मोरङ बीच भाद्र ५ गते हुने खेल तालिका छ । त्यसैगरी दोस्रो ताप्लेजुङ गोल्ड कपको अन्तिम क्वाटरपाईनल खेल भाद्र ६ गते त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ र बिर्तामोड युनाइटेड फुटबल क्लब झापा बीच सेमिफाइनलक पुग्नका लागि प्रतिस्पर्धा हुने बताइएको छ । यसैगरी पहिलो सेमिफाइनल भाद्र ७ गते ग्रुप ए का विजेताबीच र भाद्र ८ गते ग्रुप बीका विजेताबीच प्रतिसपर्धा हुने भएको हो । लाखेजात्राको अवसरमा संचालित दोस्रो ताप्लेजुङ गोल्ड कपले भाद्र १० गते यस बर्षको विजेता र उपविजेता प्राप्त गर्नेछ ।

खेल फुङ्लिङ ४ मा अवस्थित भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा प्रत्येक दिनको ठीक २ः३० बजे सञ्चालन हुने आयोजकले जनाएका छन् । खेल अवलोकन गर्न दर्शकका लागि अस्थायी प्याराफिट निर्माण कार्य धमाधम भइरहेको लाखे जात्रा सञ्चालक समितिका अध्यक्ष देवराज गुरुङले बताउनुभयो । प्रतियोगिता अवलोकन गर्न दर्शकले क्वाटर फाईनलमा रु १००,सेमिफाइनलमा रु २०० र फाईनलमा रु २५० दरको टिकट आयोजकले निधारर्ण गरेकोछ । यस वर्षको प्रतियोगिताको विजेता बन्ने टिमले ट्रफी मिडल प्रमाण पत्र सहित नगद रु ५ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टिमले ट्रफी मेडल प्रमाण पत्र सहित २ लाख ५० हजार ५ सय ५५ रुपैया प्राप्त गर्नेछ । खेलका विभिन्न विधामा उत्कृष्ट हुने समेतले पुरस्कार पाउने आयोजकले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*