ताप्लेजुङको मैवाखोला गाउँपालिकामा ट्याक्टर दुर्घटनामा परेका तामाङको मृत्यु
ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँ पालिकामा ट्याक्टर दुर्घटनामा परेका एकजनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा मैवाखोला २ का ३५ वर्षीय भीमकुमार तामाङ रहेका छन्।
मंगलबार भएको दुर्घटनामा परी गम्भीर घाइते भएका तामाङको थप उपचारका लागि जिल्ला बाहिर लैजाँदै गर्दा बाटैमा बुधबार बिहान १० स्३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कमल कुमार लुंगेलीले बताउनुभयो । लुङ्गेलीका अनुसार मृतक तामाङको टाउको र शरीरको विभिन्न भागमा गम्भीर चोट लागेको थियो।
मङ्गलबार बेलुकी कागते स्थित सडक उकालो हिलाम्मे भएकोले ट्याक्टर फसेकाले चालक सलबहादुर तामाङ ओर्लिएर ट्रली खोली ओट लगाउने क्रममा एक्कासी भीमबहादुर तामाङले ट्याक्टर चलाउँदा करिब १०० मिटर पर लगेपछि सडकबाट २० मिटर तल झरेर दुर्घटना भएको प्रहरीको भनाइ छ । ग
म्भीर घाइते तामाङलाई जिल्ला अस्पतालमा सामान्य उपचार पश्चात अवस्था गम्भीर भएपछि डाक्टरले रेफर गरेका थिए। चालक सलबहादुरलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । मृतक तामाङको सब जिल्ला अस्पतालको सबगृहमा पोस्टमार्टमका लागि राखिएको छ।


















