बिमा रकम भुक्तानीको लागि सहजीकरण गर्न योगेश भट्टराईलाई आग्रह
ताप्लेजुङ । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईलाई स्वास्थ्य बिमा बापतको ताप्लेजुङ जिल्ला अस्पतालले पाउने भुक्तानी रकमको लागि सहजीकरण गर्नका लागि आग्रह गरेको छ ।
जिल्ला अस्पताल ताप्लेजुङले प्रतिनिधिसभा सदस्य भट्टराईलाई पत्र लेखी जिल्ला अस्पताल ताप्लेजुङको नाममा भुक्तानी हुन करिब ५७ लाख रकम उपलब्ध गराउनका लागि सहजीकरण गर्न आग्रह गरेको हो ।
पत्रमा आ.व ०७८र७९ मा दाबी गरिएको ४५ लाख ४५ हजार ६३८ मध्ये ५ लाख ४५ हजार पाँच सय मात्र भुक्तानी दिएको बाँकी ३८ लाख ६८३ नदिएको साथै आ.व ०७९।८० मा माग भएको १८ लाख ७७ हजार ४९३ गरी जम्मा ५६ लाख ७८ हजार १३२ रकम भुक्तानी नभएका भन्दै रकम भुक्तानीमा सहजिकरणको लागि माग गरेको हो ।
नेकपा एमाले स्वास्थ्य विभाग प्रमुख समेत रहनु भट्टराईले स्वास्थ्य विमाको रकम भुक्तानीको लागि पहल गर्ने बताउनुभयो ।
निमित्त कार्यालय प्रमुख विजया राईले स्वास्थ्य बिमाको रकम भुक्तानी हुन नसकेपछि अस्पतालमा प्रभाव हुने स्वास्थ्य सेवामा कठिनाइ भई औषधि तथा अन्य स्वास्थ्य सामाग्रीहरू खरिदमा समस्या भएको उल्लेख गरेको छ ।



















