बाईपास सडक ११ मिटर कायम गर्न नगरबासीहरुको माग
ताप्लेजुङ । मेची राजमार्ग अन्तर्गत वहानन्दे देखि सुकेटार सम्मको क्षेत्रलाई ११ मिटर कायम गर्न साझा सहमती खोज्ने निर्णय भएको छ ।
उद्योग वाणिज्य संघ ताप्लेजुङले आज फुङलिङ नगरक्षेत्र अन्र्तगत मेची राजमार्गको ब्यवस्थापन सम्बन्धि सरोकारवालाहरुका बीचको अन्र्तक्रियामा तोक्मेदेखि हुदै उकालीपानी निष्कने बजार बाईपास सडकलाई ११ मिटर कायम गर्न तथा बजार भित्र ६,६ मिटरको गरी जम्मा १२ मिटर कायम गर्नका लागि साझा सहमति गर्ने निर्णय गरिएको छ ।
नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले बाइपास सडकलाई ब्यबस्थित गर्दै बजारभित्रको समस्यालाई सबै निकायको समन्वयमा सहमतिमा समाधान गर्नु पर्ने धारणा राख्नु भएको थियो । त्यस्नतै प्रदेश १ का खानेपानी सिचाई तथा उर्जा मन्त्री तिलकुमार मेन्याङवोले सवैको सहमतिमा मात्रै काम अघि बढाउनु पर्ने धारणा राख्नु भयो । फुङलिङ नगरपालिका प्रमुख अमिर मादेन नगरबासीको हितमा मात्रै काम गर्ने धारणा राख्नु भयो ।
सडक विभागले गत पुष २४ गते फुङलिङ नगरपालिकालाई पत्राचार गरी सडक क्षेत्राधिकार भित्रका संरचना ब्यवस्थित गरी सहयोग गर्न आग्रह गरेको थियो सो पत्रमा राजमार्गको दाँया,बायाँ पन्ध्र पन्ध्र मिटर कायम गर्नु पर्ने उल्लेख गरेको छ ।


















