ताप्लेजुङमा बाख्रा चराउन गएकी महिलाको करेन्ट लागेर मृत्यु,दोषी माथि कारवाही गर्न अध्यक्षको माग
ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका २ फुलबारीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा फुलबारी २ पहिरेका ३९ वर्षीया सुखमाया श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । बिहीबार अपराह्न बाख्रा चराउन गएकी श्रेष्ठ घर नफर्किएपछि आज बिहान खोजी गर्ने क्रममा मृत अबस्थामा फेला परेको स्थानीयले बताएका छन् । अब्यबस्थित ढङगले जमिनको भाग छुने गरी रहेको बिजुलीको नाङगो तारबाट करेन्ट लागेर श्रेष्ठको ज्यान गएको स्थानीयको भनाई छ ।
शव अहिले घटनास्थलमै रहेको प्रहरीले बताएको छ । कानुनी प्रक्रिया पुरा गर्नका लागि जिल्ला प्रहरी कार्यलय ताप्लेजुङबाट प्रहरी निरीक्षक कुशराम कार्कीको टोलि खटिएको प्रहरी जनाएको छ । घटनाको बारेमा आठराई त्रिवेणी गाँउपालिका अध्यक्ष दिपेन पोमुले घटनाको बारेमा दोषी पत्ता लगाई कारवाही गर्न मााग गदै आउदो दिनमा यस्तो घटना नदोहोरिनको लागि सवै सर्तक रहन सवैमा अनुरोध समेत गरेको छ ।



















