निशुल्क आयुर्वेद शिविरबाट आठराईत्रिवेणीमा ४ सय बढी लाभान्वित २ वटा वडामा अझै बाँकी

ताप्लेजुङ । पालिकाबासीहरुको स्वास्थ्य अवस्था बुझदै आयुर्वेदिक तरिकाबाट उपचार गर्ने उद्देश्यले ताप्लेजुङको आठराईत्रिवेणी गाउँपालिकाले वडा वडामा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरी रहेको छ ।
आठराईत्रिवेणीले गरेको निशुल्क स्वास्थ्य शिविरमा वडा १ निघुरादिनमा १३३ , वडा २ फुलवारीमा १८४ र आज वडा ५ चाँगेमा ८४ जनालाई निशुल्क उपचार तथा औषधि वितरण गरिएको आठराईत्रिवेणीका रोजगार सहायक नारद गुरागाईले जानकारी दिनुभयो ।
नागरिक आरोग्य सेवा केन्द्र आठराईत्रिवेणीमा कार्यरत बैध्यध्यानकुमारी मगर (मनिषा) को नेतृत्वको टोलीले चेकजाँच र औषधि वितरण गरेको उल्लेख गदै बिरामीहरूलाई ग्यास्ट्रिक ,सुगर , प्रेसर , हाड जोर्नी , पत्थरिया, माईग्रेन, छालासम्बन्धी रोग, महिला हरुको महिनावारी सम्बन्धी रोग लगायतका २३ प्रकारका रोगहरूको चेकजाँच तथा औषधि वितरण गरिएको बताउनुभयो । मङ्गलवार वडा नम्बर ४ मा बुधवार वडा न ३ मा शिविर सञ्चालन हुने समेत पालिकाले जनाएको छ ।