सिरिजङ्गा गाउँपालिकाले उत्कृष्ट काम गर्ने ४८ जनालाई पुरस्कृत गर्यो ( नामावली सहित)
ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाको चालु आर्थिक वर्षमा उत्कृष्ट काम गर्ने कृषक, शिक्षक, कर्मचारी उद्यमीलाई सम्मान तथा पुरस्कृत गरेको छ ।
सिरिजंघा गाउँपालिकाले आज एक कार्यक्रम गरी पालिकामा कार्यरत पाँच जना कर्मचारी ,तीन जना शिक्षक, दुई जना कृषक २४ वटा टोल विकास समिति, एक जना स्थानीय भाषा शिक्षक, दुई जना जना ज्येष्ठ नागरिक एक जना उदीयमान म्याराथन धावक एक जना जना, सगरमाथा आरोहीलाई सम्मान गरेको हो ।
त्यस्तै लघुउद्यमी एक जना स्थानीय पत्रकार एक उत्कृष्ट करदाता १ जना र सेवा निवृत महिला स्वास्थ्य स्वयं सेविका तर्फ छ जना गरी ४८ जनालाई सम्मान गरेको पालिकाले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत डम्बर बहादुर आङदेम्बेले तथा पशुपन्छी फार्म सिरिजंघा ३ सिकैचाका पूर्णकुमार मेन्याङ्वो र सिरिजंघा ८ याम्फुदिनका प्रेमराज गुरुङलाई नगद ५० हजार दोसल्ला र प्रमाणपत्रले पुरस्कृत तथा सम्मान गरेको बताउनुभयो । त्यस्तै उत्कृष्ट कर्मचारीहरूमा आईटी अफिसर, मनोज उप्रेती, सहायक चौथो रविन घिमिरे, अहेव छिरिङ तामाङ लामा, कार्यालय सहयोगी राधा भट्टराई र भिमकुमार लिम्बु रहेको जानकारी दिनुभयो । आईटी अफिसरले ४० हजार नगद दोसल्ला र प्रमाणपत्र र घिमिरे र लामाले ३० हजार दोसल्लाह र प्रमाणपत्र र भट्टराई र लिम्बुलाई २४ हजार नगद दो सल्लाह र प्रमाणपत्रले सम्मान गरेको बताउनुभयो ।
त्यस्तै शिक्षकहरुमा सिनाम मावि सिनामका तुलसीराम पोखरेल, कञ्चनजङ्घा मावि याम्फुदिनका लक्ष्मीप्रसाद लिम्बु र भगवती आ.विका चन्द्रकला भण्डारीलाई क्रमश ४० हजार र ३० हजार र ३० हजार नगद दोसल्लाह र प्रमाणपत्रले सम्मान गरेको हो । पुरस्कार तथा सम्मान पालिका अध्यक्ष लालकृष्ण चौहानले गर्नु भएको थियो ।
स्थानीय भाषा संस्कृति संरक्षण तर्फ सिरिजंघा ६ मामाखेका लक्ष्मीप्रसाद मावोलाई नगद ४० हजार सहित दोसल्ला र प्रमाणपत्र, ज्येष्ठ नागरिक तर्फ सिरिजंघा ३ का जगतबहादुर पौडेल र सिरिजंघा ८ का तउलीमाया लिम्बुलाई नगद २० हजार, सहित सहित दोसल्ला र प्रमाणपत्र, उदीयमान म्याराथन तर्फ सिरिजंघा ५ का विभिषण लिम्बुलाई ४० हजार,सगरमाथा आरोही शुशिल गुरुङलाई ४० हजार,स्थानीय पत्रकार सन्तोष पुकृटीलाई ४० हजार, सेसेलुङ झोला उद्योगका मेनुका लिङदेनलाई ३० हजार र उत्कृष्ट करदाता श्यामबहादुर पौडेललाई २३ हजार नगद सहित दोसल्ला ओढाएर पुरस्कार तथा सम्मान गरेको हो ।
ईन्द्रमाया ओलीलाई १५ सय,मनमाया राई एक हजार,गंंगामाया लिम्बुलाई दुई हजार, बिष्णुमाया लिम्बुलाई एक हजार, अञ्जना बेघालाई १ हजार नगद सहित सम्मान गरेको हो ।
त्यस्तै पालिका भित्र रहेको ८ वटै वडाका क्रियाशील उत्कृष्ट कार्य गर्ने २४ वटा टोल विकास संस्थालाई पनि पुरस्कृत गरेको हो टोल विकासहरुमा प्रथम हुनेलाई ३० हजार दोश्रो हुनेलाई २० हजार र तेस्रो हुनेलाई १० हजार नगद सहित दोसल्लाह आृेढाएर सम्मान गरेको प्रंमुख प्रशासकीय अधिकृत आङदेम्बेले वेलकमखबरलाई जानकारी दिनुभयो ।पुरस्कार प्रमुख प्रशासकीय अधिकृत आङदेम्बे वडा अध्यक्ष लगायतले वितरण गर्नु भएको थियो



















