ज्यान मार्ने उद्योगमा ललितपुरबाट फरार रहेको विकास लामा ताप्लेजुङबाट पक्राउ
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाको केन्द्र थेचम्बुमा गत असार ९ गते भएको घटनामा संलग्न विकास लामा ज्यान मार्ने उद्योगका फरार प्रतिवादी रहेको पाइएको छ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जटाशंकर यादवका अनुसार लामाले २०८२ सालको कार्तिक महिनामा ज्यान मार्ने उद्योगको कसुर गरी फरार रहेको उनलाई पक्राउ गरेको बताउनुभयो ।
प्रहरी निरीक्षक यावदका अनुसार लामा माथि आइतुराङ तामाङको जाहेरी नेपाल सरकारले ज्यान मार्ने उद्योग कसुरको ललितपुरमा मुद्दा दर्ता भएको र तत्पश्चात फरार सुचीमा रहेकोले उनलाई पक्राउ गरेको बताउनुभयो । । पक्राउ परेका लामालाई आवश्यक कारबाहीका लागि ताप्लेजुङबाट प्रहरीले ललितपुर पठाएको प्रहरी कार्यालय ताप्लेुङद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
पाथीभरा याङवरक गाउँपालिकाको केन्द्र थेचम्बुमा लामालाई स्थानीयले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा बाहिरिएको थियो भने केही दिन पछि लामाले अर्का मजदुर दिनेश चौधरीलाई अपशब्द प्रयोग गरी कुटपिट गरेको भिडियो समेत सामाजिक सञ्जालमा बाहिरिएको थियो । लामालाई कुटपिट गरेको भन्दै स्थानीय तेजबीर मेन्याङवोलाई प्रहरीले नियन्त्रण लिई शुक्रवार ५ दिनको लागि म्याद थप गरेको छ । थेचम्बु घटना बारे थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।



















