४४ निर्माण व्यवसायीको इजाजतपत्र रद्द
काठमाडौँ ।पूर्वाधार विकास मन्त्रालयले समयमै निर्माण व्यवसाय इजाजतपत्र नवीकरण नगर्ने ४४ वटा फर्म तथा कम्पनीको इजाजतपत्र स्वतः खारेज भएको जनाएको छ ।
मन्त्रालयअन्तर्गतको निर्माण व्यवसाय प्रवर्द्धन शाखाका अनुसार निर्माण व्यवसाय ऐन, २०५५ को दफा ५९९० बमोजिम आर्थिक वर्ष २०८२र८३ का लागि २०८२ चैत मसान्तभित्र इजाजतपत्र नवीकरण गर्नुपर्ने व्यवस्था थियो । तर तोकिएको अवधिभित्र नवीकरण नगरेका ४४ निर्माण व्यवसायीको इजाजतपत्र स्वतः खारेज भएको हो ।
मन्त्रालयले ऐनको दफा ७९३० बमोजिम खारेजी प्रक्रिया अघि बढाइएको र दफा ७९४० को प्रयोजनका लागि सचिवस्तरीय निर्णयअनुसार सूचना जारी गर्दै यसबारे जानकारी दिएको जनाएको छ ।


















