ताप्लेजुङमा लेखापढी व्यवसायीमा आर्कषण  बढ्दो, नवप्रवेशीलाई दिइयो तालीम 

वेलकम खबर
असार २१, २०८३

ताप्लेजुङ । ताप्लेजुङमा  लेखापढी व्यवसायीहरूलाई तालीम प्रदान गरिएको छ । ताप्लेजुङ जिल्ला अदालतले नवप्रवेशी लेखापढी व्यवसायीहरूलाई शनिवार तालीम प्रदान गरेको हो ।
लेखापढी व्यवसायीले पालना गर्नुपर्ने बारेमा जिल्ला अदालतका स्रेस्तेदार शम्मीकुपर शाह, फौजदारी कानुन र जाहेरी लेखन, जिल्ला न्यायधिवक्ता मुहम्दम मुन्ना, भुमि व्यवस्था कार्यालय, र घरसारका लिखत नेपाल वार ताप्लेजुङका अध्यक्ष अधिवक्ता बलराम भट्टराई, अदालतमा लिखित विषय बैक्तनिक वकिल ठाकुरसिं साम्सोहाङ, न्यायिक समितिको क्षेत्राधिकार नेपाल ताप्लेजुङका  सचिव अधिवक्ता सन्तोष प्रसाईँ र बारेस नामा  विषयमा अधिवक्ता धनबहादार थापाले सहजीकरण गर्नु भएको थियो ।
तालीम समापन कार्यक्रममा प्रमुख अतिथि जिल्ला न्यायाधीश विकास श्रेष्ठले सेवाग्राहीहरू  अप्ठ्यारो नपर्नेगरी कानुन सम्मत रुपमा लिखत तयार गर्नका लागि लेखापढी व्यवसायीहरूलाई आग्रह गर्नुभयो । तथ्य तथा अपडेट भएमा लेखापढी व्यसाय राम्रो भएको उल्लेख गर्दै लेखापढी व्यवसायीले गरेको गल्ती निदोष व्यक्तिलाई नपर्नेगरी काम गर्न आग्रह गर्नुभयो ।
तालीम लिएका १ सय ६७ लेखापढी व्यवसायीहरूलाई जिल्ला न्यायाधीश विकास श्रेष्ठ, जिल्ला अदालतका स्रेस्तेदार शम्मीकुपर शाह, जिल्ला न्यायीवक्ता मुहम्दम मुन्ना, नेपाल वार ताप्लेजुङका अध्यक्ष अधिवक्ता बलराम भट्टराई, बैक्तनिक वकिल ठाकुरसिं साम्सोहाङ, नेपाल ताप्लेजुङका  सचिव अधिवक्ता सन्तोष प्रसाई र अधिवक्ता धनबहादार थापाले प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
वारका अध्यक्ष भट्टराईले तालीम लिएकाहरूलाई शुभकामना व्यक्त गर्दै आँउदो दिनमा व्यवसायिक सफलताको शुभकामना दिनुभयो । 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*