पाथीभरा याङवरकले असार ६ गते देखि घुम्ती शिविर गर्दै

वेलकम खबर
असार ३१, २०८३

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले आगामी साउन ६ गतेदेखि निःशुल्क घुम्ती सेवा शिविर सञ्चालन गर्ने भएको छ।
गाउँपालिकाले सार्वजनिक गरेको कार्यतालिका अनुसार वडा–वडामा पुगेर विभिन्न सरकारी सेवाहरू एकै स्थानबाट उपलब्ध गराइनेछ।
शिविरमार्फत नागरिकलाई प्रशासनिक, स्वास्थ्य, कृषि, पशु सेवा, सामाजिक सुरक्षा, न्यायिक परामर्श, योजना तथा अन्य अत्यावश्यक सेवाहरू प्रदान गरिने गाउँपालिकाको अध्यक्ष केशर मेन्याङवो सुब्वाले जानकारी दिनुभयो । उहाँले विशेषगरी दुर्गम बस्तीका नागरिकलाई गाउँपालिकाको केन्द्रसम्म धाउनुपर्ने बाध्यता अन्त्य गर्दै स्थानीय तहबाटै गुणस्तरीय सेवा प्रवाह गर्ने उद्देश्यले घुम्ती शिविर सञ्चालन गर्न लागिएको हो। शिविरमा सम्बन्धित शाखाका प्राविधिक तथा कर्मचारीहरूको प्रत्यक्ष सहभागिता रहनेछ।
गाउँपालिकाले तोकिएको मिति, समय र स्थानमा आवश्यक कागजातसहित उपस्थित भई निःशुल्क सेवाको लाभ लिन सम्पूर्ण स्थानीयवासीलाई अनुरोध गरेको छ। शिविर सञ्चालन हुने प्रत्येक वडाको विस्तृत तालिका सम्बन्धित वडा कार्यालय तथा गाउँपालिकाको सूचनामार्फत सार्वजनिक गरिने जनाएको छ।
आर्थिक वर्षको त्रैमासिक अन्तिममा प्राप्त गर्ने लाभ ग्राहीको सामाजिक सुरक्षा भत्ता वितरण साथै ६० वर्ष उमेर माथिका नागरिकको स्वास्थ्य परीक्षण गरिने पालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष केशर सुब्बाका अनुसार निःशुल्क घुम्ती शिविर साउन ६ गते पहिलो दिन वडा नम्बर १ नाङ्खोल्याङ, ७ गते वडा नं ३ तिरिङ्गे, ८ गते वडा नं ४ डुम्रिसे, ११ गते वडा नं ५ चाक्सिबोटे र १२ गते वडा नं ६ थुम्बेदिनमा सञ्चालन गरिने छ । ६ वटा वडा रहेको पालिकामा वडा नं २ थेचम्बु बाहेकका वडामा शिविर सञ्चालन हुन लागेको हो । गाउँपालिकाको केन्द्र समेत रहेको थेचम्बुमा लक्ष्मी सनराइज बैँकको शाखा रहेको तथा अत्यावश्यक सम्पूर्ण सेवा प्रवाह हुने भएकोले थेचम्बुमा शिबिर सञ्चालन नहुने पालिकाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*