“हामी जबसम्म समस्याको बारेमा सोच्दैनौँ, तबसम्म त्यो समस्या समाधान गर्न सक्दैनौँ”

रमेश कोइराला। यतिबेला संसार भरका स्वास्थ्य संस्थाले एउटै कुरालाई सार्वजनिक महत्वको साथ हेरिरहेका छन् कि जुन हो। कोरोना भाइरस (कोभिड —१९) सँग लड्नको लागि बारम्बार हात धोइरहने, तर अझै पनि घर बाहिर निस्किने ८० प्रतिशत जनसमुदायलाई साबुन र पानीको अभाव छ। घरभित्रै जो छन् त्यसमध्ये ३५ प्रतिशत मानिसहरू अझै पनि साबुन पानीको अभावमा छन्। यसले गर्दा कोरोना भाइरस निर्मूल हुने सम्भावना निकै कम देखिन्छ।
अझ कतिपयलाई त साबुन र पानीले हात धुँदा कयौँ किटाणुहरू नास भएर जान्छन् भन्ने चेतना पनि छैन। जसलाई पुनःर्ताजगिको खाँचो छ। अहिले हाम्रो समाजमा यो विकराल स्थितिको रुपमा उभिएको छ। यदि हामिले यो समस्या समाधान गर्न सक्यौँ भने त्यसपछि मात्र मानव जीवन र मानिसको जीवन शैलीको संरक्षण गर्न सक्छौँ। मानिसहरूको हात सफा र स्वस्थ राख्ने सामान्य उपाय भनेको सार्वजनिक हात सफा गर्ने स्थानहरू व्यवस्थित गर्दै जुन हो।
जसमा साबुन पानी राखेर होस वा अल्कोहल भएको स्यानिटाइजर राखेर होस मानिसहरू बढि भिडभाड हुने स्थान जस्तैः मन्दिर, मस्जिद, चर्च, बजार, सपिङ सेन्टर, विद्यालय तथा कलेज, अस्पताल र अरु स्थानमा व्यवस्थित गर्न सिक्नुपर्दछ। यसको कार्यान्वयनको लागि स्थानीय सरकारले स्थानीय वा अन्तराष्ट्रिय ब्रान्डहरू सँग साझेदारी गर्नुपर्छ। राष्ट्रिय र अन्तराष्ट्रिय ब्राण्डहरूले पनि आफ्ना बिटिएल एजेन्सीहरूसँग पनि पनि मिलेर राख्न सक्छ ,तर सरकार, स्वास्थ मन्त्रालयले तत्काल यो कुरा प्रचारप्रचार गर्नुपर्दछ।
अर्को प्रश्न यो आउँछ कि ब्रान्डलाई के फाइदा हुन्छ रु यो पनि समस्या हो वर्षको हरेक त्रैमासिकमा ब्रान्डहरूको माग बढाउनलाई आफ्नो उत्पादन को प्रचारप्रसार गर्दछन् र उनीहरूलाई उक्त प्रचारप्रसारबाट आउने फाइदाको बारेमा ब्रान्डलाई राम्रोसँग थाहा छ। यदि, यो वर्षको सार्वजनिक हात धुने ठाउँ बनाउनमा खर्च गर्यो भने ब्रान्डको माग बढाउनलाई धेरै फाइदा हुन्छ भन्ने विश्वास छ। र जीवन र जीवन शैली सुरक्षित हुन्छ। हो, ब्रान्डको सन्देश सहित हात धुने ठाउँ ब्रान्डिङ हुनुपर्छ। आउनुहोस् “ जीवन र जीवन शैली बचाउनलाई हामी सँगै मिलेर काम गरौँ।”
लेखक: रमेश कोइराला सर्च सोलुसन्स प्रा. लि का सहायक प्रबन्धक हुन।