एमालेको निष्कर्ष– विष्णु पौडेल पक्राउ गैरन्यायिक, तत्काल रिहाइ गर्न माग

वेलकम खबर
असार ९, २०८३

 काठमाडौं । नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको पक्राउ गैरन्यायिक भएको बताएको छ । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको संसदीय दलको बैठकले उक्त निष्कर्ष निकालेको हो ।

साथै, उनलाई तत्काल रिहाइको माग पनि पार्टी बैठकले गरेको छ । ‘पार्टी उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारी गैरन्यायिक भएको पार्टीको निष्कर्ष छ र तत्काल रिहाइको माग गर्ने निर्णय भएको छ,’ एमाले स्रोतले भन्यो । उपाध्यक्ष पौडेललाई हिजो सुर्खेतबाट पक्राउ गरिएको थियो । उनलाई अहिले विशेष अदालतमा म्याद थपका लागि लगिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*