ताप्लेजुङ एकल महिला समूहमा श्रेष्ठ
ताप्लेजुङ । एकल महिलाहरुको लागि न्याय,सम्मान र आर्थिक सशक्तिकरण समाजवेशी समाज निर्माणको आधार भन्ने मूल नाराका साथ आज १६ औं अन्तर्राष्ट्रिय एकल महिला दिवस ताप्लेजुङमा मनाउदै मानव अधिकारको लागि एकल महिला समूह ताप्लेजुङ पूर्नगठन भएको छ ।
आज भएको एकल महिलाहरुको भेलाले दिलु पतंवा श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा अम्बिका राजभण्डारी,सचिवमा तुलसा विक,सहसचिवमा पूनम लिम्बु र कोषाध्यक्षमा रीता दर्नाललाई चयन गरेको हो ।
सो समितिको सदस्यहरुका माया गुरुङ,ललिता लिम्बु,चन्द्रकुमारी महतारा र चन्द्रकला गुरुङलाई चयन गरेको निर्वाचन समितिको संयोजक तथा गैरसरकारी संस्था महासंघका अध्यक्ष खड्गविक्रम सुवेदीले जानकारी दिनुभयो ।
भेला मानव अधिकारका लागि एकल महिला समूहको कोशी प्रदेश कमिटी बरिष्ठ उपाध्यक्ष दिपा आचार्य समाजसेवी शान्ति मादेन,जिल्ला कानुनी सहायता समिति अधिकृत झरना आङदाम्बे,अधिवक्ता राजेन्द्र श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
वरिष्ठ उपाध्यक्ष आचार्यले निर्वाचित सवैलाई बधाई तथा शुभकामना दिनुभयो ।




















