ताप्लेजुङमा २७ जना कुपोषित बच्चा भेटियो 

वेलकम खबर
असार ९, २०८३

ताप्लेजुङ । आमाको दूधलाई प्रतिस्थापना गर्ने बिक्री वितरण नियन्त्रण ऐन २०४९ तथा नियमावली २०५१  सम्बन्धी  एक दिने अभिभुखिकरण कार्यक्रम  सम्पन्न भएको छ ।
कोशी प्रदेश स्वास्थ्य कार्यालय ताप्लेजुङको आयोजना आयोजित कार्यक्रममा आमाको दूध बच्चाको लागि महत्वपूर्ण हुने र त्यसलाई कुनै पनि चिजले प्रतिस्थापन गर्न नसकिने हुनाले आमाको दूधलाई बढावा दिनुपर्ने कार्यक्रम उल्लेख गर्नुभयो ।
जिल्ला जनस्वास्थ्य कार्यालयका कोल्ड निरीक्षक दिनेश रायले ताप्लेजुङको प्रत्येक वडामा गरेको सर्वेक्षणको आधारमा २७ जना बालबालिका कुपोषित भएको उल्लेख गर्दै तराईको जिल्लाको तुलनामा ताप्लेजुङको यो तथ्याङ्क न्यून भएको उल्लेख गर्नुभयो ।
उहाँले बर्थिङ सेन्टरबाट नै बट्टाको दूधलाई प्रतिस्थापन गरी आमाको दूध पिलाउनको लागि प्रोत्साहन गर्नु पर्नेमा जोड दिनुभयो ।  निरीक्षक रायले जन्मेदेखि ६ महिना सम्म अनिवार्य आमाको दूध नै बच्चालाई खुवाउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रमको अध्यक्ष जनस्वास्थ्य अधिकृत रूपेश यादले आमाको दूध पोसिलो तथा स्वास्थ्यकर हुने हुँदा पनि अन्य बाहिरको बट्टाको चिज भन्दा आमाको दुध नै बच्चा पिलाउनु पर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा उद्योग वाणिज्य संघ,सञ्चारकर्मी, व्यापारी तथा स्वास्थ्यकर्मीहरू उपस्थिति रहेको थियो ।  

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*