कोरोनाका कारण रोकिएको इङ्ग्लिस प्रिमियर लिग आजबाट सुरु हुँदै

वेलकम खबर
असार ३, २०७७

काठमाडौँ। कोरोना भाइरसका कारण करिब ३ महिना अघि देखि रोकिएको इङ्ग्लिस प्रिमियर लिग आजबाट पुनः सञ्चालन हुँदै छ। आज लिगमा २ खेल हुँदैछ। लिगअन्तर्गत आज हुने पहिलो खेलमा एस्टन भिल्लाले सेफिल्ड युनाइटेडको समाना गर्नेछ। खेल नेपाली समय अनुसार पौने ११ मा सुरु हुनेछ।

यसैगरी आजको दोस्रो खेलमा साविकको विजेता म्यानचेस्टर सिटी र आर्सनलबीचको भिडन्त हुँदैछ। खेल सिटीको घरेलु मैदान इतिहाड स्टुडियममा नेपाली समयानुसार राति १ः०० बजेबाट सुरु हुनेछ।

लिगमा शेफिल्ड ४३ अङ्कका साथ सातौँ स्थानमा छ भने एस्टोन भिल्ला २५ अङ्कका साथ रेलिगेसन जोनमा रहेको छ। त्यस्तै अङ्क तालिकामा सिटी दोस्रो तथा आर्सनल नवौँ स्थानमा रहेको छ। सिटीसँग ५७ अङ्क छ। भने आर्सनलसँग ४० अङ्क रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*