प्रथम लिङतेप गोल्डकपमा कुम्मायक कुसायक बन्यो च्याम्पियन

मदन गौतम
माघ १३, २०८२

प्रथम लिङतेप गोल्डकपमा पाँचथरको कुम्मायक कुसायक युथ क्लब च्याम्पियन बनेको छ ।  मङ्गलबार सम्पन्न फाइनल खेलमा साथीभाइ युवा क्लब फुङ्लिङ ताप्लेजुङलाई ४ –२ गोल अन्तरले पराजित गर्दै कुम्मायक कुसायकले च्याम्पियन बनेको हो । साथीभाइले खेलमा दोब्बर अग्रता बनाए पनि जोगाउन नसक्दा उपाधि कुम्मायकलाई सुम्पिएको हो । प्रतियोगिताको विजेता बनेसँगै कुम्मायक कुसायकले ट्रफी, मेटल र प्रमाणपत्र सहित ३ लाख २ हजार ८२ रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता साथीभाइले ट्रफी ,मेडल र प्रमाणपत्र सहित १ लाख ५२ हजार ८२ प्राप्त गरेको छ। जमिन लक्समको गोल मार्फत साथीभाइले सुरुवाती अग्रता बनाएको थियो। लक्समले खेलको १० औं  र १८ औँ  मिनेटमा गोल गरेर कुम्मायक कुसायकलाई दबाबमा राखेका थिए। दोस्रो हाफमा खेलमा फर्किएको कुम्मायक कुसायकले  नाटकीय जित निकाल्यो । उसका लागि ४९ औ मिनेटमा लोकेन्द्र थापाले गोल गर्दै नतिजा २ –१ मा ल्याए  । सेमसेङ लावतीले खेलको ५८ मिनेटमा गोल  गर्दै खेल बराबरीमा ल्याए  । त्यसपछाडि  ६० औँ मिनेटमा सुशील लिम्बुले गोल गरेपछि खेल कुम्मायक कुसायकको पक्षमा गयो  । ८२ औँ मिनेटमा  सुशील लावतीले  गोल गर्दै साथी भाइसँगको खेल ४– २ ले टुङ्ग्याइदिए। ऐतिहासिक श्री पञ्चमी मेलाका अवसरमा प्रगतिशील युथ क्लब लिङ्तेपले प्रतियोगिता यस वर्ष प्रथम संस्करणको रूपमा आयोजना गरेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*