चाँगेमा प्रथम आँपपानी आमन्त्रित गोल्डकप हुने
ताप्लेजुङ । आँपपानी युवा क्लब आठराई त्रिवेणी गाउँपालिका ४ चाँगे नेसुमले माघे संक्रान्ति पर्वको अवसरमा ‘ प्रथम आँपपानी आमन्त्रित गोल्डकप ’ पुरुष फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । शनिबार सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगिताबारे गराएको हो। प्रतियोगिता क्लबको खेलमैदानमा पौष २८ गतेदेखि माघ १ गतेसम्म आयोजना गरिएको क्लबका कोषाध्यक्ष हेमन्त लिम्बुले बताउनुभयो । कुल आठ टिम सहभागी रहने प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १ लाख १० हजार ट्रफी ,मेडल र प्रमाणपत्र उपविजेतालाई ६० हजार सहित ट्रफी ,मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले बताएको छ। प्रतियोगिता सञ्चालनको लागि कुल १० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । गत वर्ष तीन बर्षे रनिङ कपको आयोजना सहित राष्ट्रिय कलाकारका साथमा साङ्गीतिक कार्यक्रम समेत गरिएकोमा यस वर्ष प्रतियोगितालाई गोल्डकपको रुपमा स्तरोन्नति गरिएको तर छोटो समयमा प्रतियोगिता सञ्चालन गर्नुपर्ने भएकाले सांस्कृतिक कार्यक्रम भने नराखिएको बतँइएको छ । प्रतियोगितामा आयोजक सहित आमन्त्रित टिमहरूको रूपमा लिर्भटी क्लब मैवाखोला १ साथीभाइ युवा क्लब फुङ्लिङ सृजनशील युवा क्लब मैवाखोला २ तेम्बे, बुङधाक युवा क्लब मैवा खोला ३ ,हाङपाङ युवा समाज आठराई त्रिवेणी ३ ,ग्रीन भ्याली क्लब मेरिङदेन ६ र मानाभारा युथ स्पोर्टिङ क्लब फक्तङ्लुङ २ ले सहभागिता जनाउँदैछन् ।



















