मैवाखोलमा एक घर– एक फलफूल बगैँचा विकास कार्यक्रम 

वेलकम खबर
असार ९, २०८३

ताप्लेजुङ । ‘एक घर–एक फलफूल बगैँचा विकास कार्यक्रम अन्तर्गतका मैवाखोला गाउँपालिकाले किसानहरूलाई विरुवा वितरण गरेको छ ।
आयआर्जन वृद्धि गर्ने उद्देश्यले मैवाखोला गाउँपालिकाले  ५ हजार २ सय २० वटा फलफूलका बिरुवा वितरण गरेको हो।  गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले चालु आर्थिक वर्षमा विनियोजन गरेको ८ लाख रुपैयाँ बजेटबाट कार्यक्रम सञ्चालन गर्दै ६७ घरधुरीका किसानलाई प्रति घर ६० बोटका दरले ४ हजार २० वटा सुन्तलाका बिरुवा वितरण गरेको बताउनुभयो ।
यस्तै, १२ घरधुरीलाई प्रति घर १०० बोटका दरले १ हजार २ सय वटा एभोकाडोका बिरुवा प्रदान गरिएको छ। यससँगै कार्यक्रमअन्तर्गत कुल ५ हजार २ सय २० वटा बिरुवा किसानलाई हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*