विश्वकपमा १२ वर्षपछि नेपालको पहिलो जित, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौँ ।जारी आईसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेटले पहिलो जित निकालेको छ । यो यो जित नेपाली टोलीले १२ वर्षपछिको पनि हो ।
मंगलबार भएको समूह सी को आफ्नो अन्तिम खेलमा स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै नेपालले विश्वकपमा १२ वर्षपछि जित निकाल्यो ।
नेपालले पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा २ जित हात पारेको थियो।नेपालले पहिलो पटक विश्वकप खेल्दा सन् २०१४ मा हङकङलाई ८० रनले हराएको थियो।समूह चरणको दोस्रो खेलमा नेपालले अफगानिस्तानलाई ९ रनले हराएको थियो। त्यसयता नेपालले विश्वकपमा जित निकाल्न सकेको थिएन।जारी विश्वकपको समूह चरणमा नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो। दोस्रो खेलमा इटालीसँग १० विकेटको फराकिलो हार व्यहोर्यो। तेस्रो खेलमा वेष्ट इण्डिजसँग ९ विकेटको हार बेहोर्यो । आजको अन्तिम खेलमा टस जितेर स्कटिस टोलीलाई नेपालले ब्याटिङको निम्तो दिएको थियो ।
स्कटल्यान्डले १७१ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य नेपालले ३ विकेटको क्षतिमा पूरा गर्यो । दीपेन्द्र सिंह ऐरीले आज २३ बलमा ५० रन पनि पूरा गरे।



















