साइन गरेका ७ मध्ये ६ फिल्मबाट निकालिएका थिए सुशान्तलाई

वेलकम खबर
असार ३, २०७७

काठमाडौँ। बलिउडका चर्चित अभिनेता सुशान्त सिंह राजपुतले आइतबार आफ्नै घरमा आत्महत्या गरे। अहिले उनको त्यो कदम पछि बलिउड स्तब्ध बनेको छ। उनले किन यस्तो कदम उठाए भनेर पुरै फिल्म उद्योग नै आश्चर्यचकित बनेको छ।

साथै उनको यस कदम पछि अहिले धेरैले गाली खाइरहेका छन्। भने विभिन्न किसिमका बहसहरू सुरु भएको छ। सुुशान्तलाई ७ ओटा फिल्म साइन गरेकोमा ६ वटाबाट ब्यान्ड गरिएको थियो भन्ने समाचार बाहिरिन थालेको छ। खबरका अनुसार सुशान्त ६ महिना देखि डि डिप्रेसनको शिकार भएका थिए।

उनलाई समस्या परेको बेलामा कसैले पनि सहयोग नगरेको भन्दै कलाकारहरू माथि सुशान्तका फ्यानहरू भड्किएका छन्। सुशान्तको अन्तिम संस्कार सकिएपछि राजनीतिज्ञ सञ्जय निरुपणले बलिउडकर्मीलाई गाली गरेका छन्।

उनले ट्विटरमा लेखेका छन् ‘छिचोरे हिट भएपछि सुशान्तले ७ ओटा फिल्म साइन गरेका थिए तर ६ ओटा फिल्मबाट उस्लाई निकाली सकेको थियो।
फिल्म उद्योग जत्तिको निष्ठुरी कोही पनि छैन्। यही निष्ठुरीपनले एक जना सफल कलाकारको ज्यान लियो।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*