नेपालको संस्कृति विश्वसामु पुरयाउछौ : पर्यटनमन्त्री ( फोटो फिचर तथा भिडियो सहित)
काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले नेपालको पर्यटन नेपालीपनकै हुने बताएका छन ।उनले नेपालको पर्यटन प्रकृति र संस्कृतिमा आधारित हुने र त्यसको कल्चर नेचर र एडभेन्चर भएको बताएका छन ।
शुक्रबार सांस्कृतिक संस्थानले आयोजना गरेको ठेट नेपाली सांस्कृतिक कार्यक्रम ‘माटोको गीत’ उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री किराँतीले सरकारले देशका केही ठाउँहरुमा सांस्कृतिक गाउँ बनाउन सुरु गरेको बताएका हुन् । उनले एउटा गाउँबाट नेपालको पुरा सांस्कृतिक चित्र देखिने गरी सांस्कृतिक गाउँ बनाउन लागिएको बताए ।
मन्त्री किरातीले लोकगीत, उखानटुक्का, कथा, मुन्धुम र कैरनहरुमा रहेका कतिपय विषयहरुलाई रेकर्ड गरेर राख्न मौखिक ज्ञान संग्रहालय बनाउन लागेको पनि बताए । त्यस्तै रैथाने विश्वविद्यालयको अवधारणा अघि सारेको उनले बताए । उनले आफूहरु संस्कृति ऐन निर्माणका लागि अगाडी बढेको समेत बताए ।
मन्त्री किरातीले सांस्कृतिक सम्पदाहरुलाई राष्ट्रको पुँजीमा बदल्नको निम्ति, उत्पादन र उद्योगमा संस्कृतिलाई जोड्नको निम्ति र नेपालको अनुहार एक मञ्चबाट विश्वलाई एक साथ देखाउनको निम्ति माटोको गीत सांस्कृतिक कार्यक्रम गरिएको बताए । उनले संस्कृतिको प्रवर्द्धन गर्न, पर्यटकलाई खुसी पार्न, कलाकारलाई रोजगारी सिर्जना गर्न र सांस्कृतिक संस्थानलाई कामकाजी बनाउन पनि सो कार्यक्रमको आयोजना गरिएको स्पष्ट पारे ।
सांस्कृतिक संस्थानक महाप्रबन्धक अशोक राईले शुरु गरेको ठेट नेपाली सांस्कृतिक कार्यक्रम ‘माटोको गीत’ सांस्कृतिक संस्थानको ईतिहासमै कोसेढुगा बताए ।