लुना लुइँटेल बनिन् मिस नेपाल– २०२५

वेलकम खबर
भदौ १४, २०८२

काठमाडौ ।  मिस नेपाल– २०२५ को उपाधि लुना लुइँटेलले जितेकी छन् । आज गोदावरीको सनराइज हलमा भएको फाइनलमा २६ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन् । यस्तै मिस नेपाल इन्टरनेशनलको उपाधि उरुशा भण्डारीले जितेकी छन् । मिस नेपाल अर्थ भने सोनी घले भएकी छन् । मिस कस्मो दीपशिखा नेपाल बनेकी छिन् । यो मिस नेपालको यो ३१औँ संस्करण हो ।

१४ सबटाइटलमा को–को विजेताहरू:

मिस हेल्दी स्किन– आरती थापा
मिस कन्फिडेन्ट– प्रज्ञिका क्षेत्री
मिस ग्रिन भिजिनरी– जगदिश्वरी शाह
मिस प्रिस्टिन– प्रियंका थापा
मिस टाइमलेस इलिजेन्स– उरुषा भण्डारी
मिस फेस अफ द इयर– स्मृति श्रेष्ठ
मिस इम्पावर्ड च्वाइस– दीपशिखा नेपाल
मिस डिलाइटफुल ह्याप्पिनेस इन्टिलिजेन्ट– लुना लुँइटेल
मिस ब्युटिफुल हेयर– सइच्छा थापा
मिस पपुलर च्वाइस– उरुषा भण्डारी
मिस फोटोजेनिक– स्मृति श्रेष्ठ
मिस फेस अफ फार्मेसी– स्मृति श्रेष्ठ
मिस ब्युटी विथ अ पर्पस– श्रृष्टीकुमारी तामाङ
मिस इन्टलेक्चुअल– श्रुति महर्जन
मिस वुमन विथ विंग्स– निलिमा पोखरेल

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*