गएराति भएको खेलमा बार्सिलोनाको सहज जित

वेलकम खबर
असार ३, २०७७

काठमाडौँ। स्पेनिस ला लिगाको गएराति भएको खेलमा बार्सिलोनाले लेगानेसलाई २-० ले पराजित गरेको छ। बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सी र फातीले एकएक गोल गरेका हुन्।

खेलको ४१ औं मिनेटमा अन्सु फातीको गोलमा अग्रता लिएको बार्सिलोनाले ६८औँ मिनेटपछि अग्रता दोब्बर पार्‍यो। लेगानेसका डिफेन्डरले मेस्सीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि पाएको पेनाल्टीलाई मेस्सीले गोलमा परिणत गरेका थिए। त्यस अघि ६४ औं मिनेटमा एन्टोइन ग्रिजमनले नेल्सन सेमेडोको क्रसमा गोल गरे पनि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायता लिँदै गोललाई मान्यता दिएनन्।

लियोनल मेस्सीले यस सिजनमा २१ गोल गर्न सफल भएका छन्। बार्सिलोनाले लगातार दुई खेलमा जित हात पार्न सफल भएको छ। यो जितसँगै लिग लिडर बार्सिलोनाले ६४ अङ्क जोडेको छ। दोस्रो स्थानमा रहेको रियल मड्रिडको ५९ अङ्क रहेको छ। लेगानेसको २३ अङ्क रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*