अभिनेत्री नम्रताको आज जन्मदिन

वेलकम खबर
जेष्ठ ३२, २०७७

काठमाडौँ। नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री नम्रता श्रेष्ठको आज जन्मदिन परेको छ। उनी आजबाट ३५ वर्षमा लागेकी छिन्। चलचित्र ‘सानो संसार’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी यी नायिका पछिल्लो रिलिज चलचित्र ‘जाइरा’सम्म आइपुग्दा दर्शकको मानसपटलमा छुट्टै छाप बनाउन सफल भएकी छिन्।

कोरोना भाइरसको रोकथामको लागि गरिएको लकडाउनका कारण पछिल्लो समय चलचित्र ठप्प हुँदा उनी अहिले घरमै समय बिताइरहेकी छिन्। आफ्नो जन्मदिन पनि उनले आज घरमै परिवारसँग मनाउँदैछिन्। जन्मदिनको अवसरमा उनलाई बिहानैदेखि अन्य कलाकारले शुभकामना दिइरहेका छन्।

उनले अभिनय गरेका ‘मेरो एउटा साथी छ, नोभेम्बर रेन, क्लासिक, प्रसाद’ लगायतका चलचित्र दर्शकको लागि विशेष बनेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*