मेस्सीको शानदार प्रदर्शनमा बार्सिलोनाको गोल वर्षा

वेलकम खबर
जेष्ठ ३२, २०७७

काठमाडौँ। स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले मालोर्कामाथि ४ ९० को अन्तरले जित निकालेको छ। दोस्रो मिनेटमा नै अटुरो भिडालले गोल गर्दै सुरुवाती अग्रता लिएको बार्सिलोनाले ३७ औँ मिनेटमा मार्टिन ब्रेथवेटले गोल गरेपछि पहिलो हाफमा  २–० को अग्रता लिएको थियो। ७९ औँ मिनेटमा जोर्डी अल्बाले गोल गरे। इन्जुरी समयको तेस्रो मिनेट अर्थात ९३ औँ मिनेटमा लियोनल मेस्सीले गोल गरेपछि बार्सिलोना ४–० ले विजयी भएको हो।

जितसँगै बार्सिलोनाले लिगको शीर्ष स्थानमा ५ अङ्कको अग्रता बनाएको छ। दोस्रो स्थानमा रहेको रियल म्याड्रिडले आइतबार इबारको सामना गर्दै यो अग्रतालाई घटाउने प्रयास गर्नेछ। २८ खेलबाट बार्साको ६१ अङ्क रहेको छ भने एक खेल कम खेलेको रियलको ५६ अङ्क रहेको छ।

कोरोना भाइरस महामारीका कारण गएको मार्च महिनादेखि स्थगित रहेको स्पेनिस ‘लिग’ ‘ला लिगा’ यही जुन १२ देखि सुरु भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*