‘प्रेम गीत ३’ चैत्रमा रिलिज हुने

वेलकम खबर
जेष्ठ ३१, २०७७

काठमाडौँ। कोरोनाको कारण रोकिएको निर्देशक सन्तोष सेनको निर्देशनमा बनेको नेपाली कथानक चलचित्र प्रेम गीत ३ आँउदो चैत्रमा रिलिज हुने भएको छ। अभिनेता प्रदीप खड्का र नव अभिनेत्री क्रिस्टिना गुरुङको मुख्य अभिनय रहेको यस चलचित्र गएको चैत्र २८ मा प्रदर्शनमा आउने तयारीमा रहेको थियो।

चलचित्र यसै वर्षको अन्तिम महिना चैत्रमा रिलिज हुने भएको छ। निर्माता निर्देशक सन्तोष सेनका अनुसार चलचित्र आगामी चैत्रमा रिलिज गर्ने सोच रहेको छ। चलचित्रमा प्रदीप र क्रिस्टिना सँगै मनिष राउत, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रम पुरी, लक्ष्मी बर्देवा लगायतका कलाकारहरूको अभिनय रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*