रङ्गभेदी आन्दोलनको समर्थनमा दीपिका, प्रोजेक्ट नै छोडिन
काठमाडौँ। अमेरिकामा अश्वेत नागरिक जर्ज फ्लोयडको हत्यापछि विश्वभर रङ्गभेदी आन्दोलन उत्कर्षमा पुगेको छ। यतिबेला धेरै भारतीय सेलिब्रेटीले ‘ब्ल्याक लाइफ म्याटर’ को समर्थन गर्दै आएका छन्। यो सँगै चर्चित बलिउड अभिनेत्री दीपिका पादुकोण फेयरनेस क्रिम ब्रान्डबाट अलग भएकी छिन्। फेयरनेस क्रिमको प्रचार गरेको भन्दै कलाकारको आलोचना भइरहेका बेला दीपिका फेयरनेस क्रिम र कोला ब्रान्डबाट अलग भएकी हुन्।
भारतीय सञ्चारमाध्यमका अनुसार दीपिका यी ब्रान्डको विज्ञापनमा लामो समयदेखि आबद्ध थिइन्। त्यतिबेला फेयरनेस क्रिमलाई प्रवर्द्धन गर्नु सामान्य कुरा थियो। तर पछिल्लो समय क्रिम प्रयोग गरेर छाला गोरो बनाउने धारणामा परिवर्तन हुँदै गएको छ। यी ब्रान्डको विज्ञापन तथा प्रचार गरेकोमा अहिले आएर दीपिकालाई पछुतो समेत भएको बताइएको छ।
त्यसो त रङ्गभेदी आन्दोलनले अमेरिकामा एचबीओ म्याक्सले ८१ वर्ष पुरानो चलचित्रत्र ‘गन विद द विन्ड’ हटाएको छ।



















