कोरोनाले रोकिएको सलमान र दिशाको ‘राधे’ को छायाङ्कन शुरु हुँदै
एजेन्सी। बलिउडका चर्चित अभिनेता सलमान खानको पछिल्लो चलचित्र ‘राधे’ को अब छायाङ्कन सुरु गरिने बताइएको छ। कोरोना भाइरसका कारण केहि महिनादेखि रोकिएको यस फिल्मको छायाङ्कन अब शुरु गर्न लागिएको भारतीय मिडियाले जनाएको छ। गत इदमा रिलिज गर्ने तयारी रहेको उक्त चलचित्र कोरोनाका कारण छायाङ्कन नै पुरा हुन सकेको थिएन।
अब भने महाराष्ट्र प्रदेशले जारी गरेको नियमलाई पालना गर्दै छायाङ्कन शुरु गरिने जनाइएको छ। चलचित्रको छायाङ्कन अनुमति पनि लिइसकिएको बताइएको छ। चलचित्रको निर्देशन प्रभु देवाले गरेका छन्। चलचित्रको बाँकी रहेको एउटा गीत सुटिङ गरिने र यसको लागि सलमान र अभिनेत्री दिशा पटानीले छायाङ्कन गर्ने बताइएको छ।



















