कोरोनाका कारण स्थगित रहेको ‘ला लिगा’ आजदेखि सुरु हुँदै

वेलकम खबर
जेष्ठ २९, २०७७

काठमाडौँ। कोरोना भाइरस महामारीका कारण गएको मार्च महिनादेखि स्थगित रहेको स्पेनिस ‘लिग’ ‘ला लिगा’ आजबाट पुनः सुरु हुँदैछ। स्पेन सरकारको खेलकुद विभागले स्पेनिस फुटबल महासङ्घ र ‘ला लिगा’सँग ‘लिग’ पुनः सुरु गर्ने सहमति गरेपछि  ‘लिग’का बाँकी ११ चरणका खेलहरू आजबाट हुन लागेका हो। तर, अब उच्च सतर्कताका साथ बन्द स्टेडियममा खेलहरू हुने भएको छ।

पहिलो खेल ‘सेभिल्ला’ र ‘रियल बेटिस’बिच खेल हुनेछ। यो खेल नेपाली समय अनुसार आज राति पौने दुई बजे हुनेछ। यस सिजनको ‘ला लिगा’ जुलाईमा सकाउने तयारी समेत गरिएको छ।

यस सिजनको ‘ला लिगा’मा ‘बार्सिलोना’ ५८ अङ्कका साथ लिगको शीर्ष स्थानमा रहेको छ। त्यस्तै दोस्रो स्थानमा रहेको ‘रियाल मड्रिड’ ले ५६ अङ्क जोडेको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*