‘चिनी कम रंग कडा’ को ‘सुगन्धित चक्षुले’ गीत सार्वजनिक (भिडियोसहित)
काठमाडौँ। चलचित्र ‘चिनी कम रंग कडा’ को गीत सार्वजनिक भएको छ। चलचित्रको ‘सुगन्धि चक्षुले’ बोलको गीत मङ्गलबार युट्युबमा सार्वजनिक भएको हो। गीतमा मानव सुबेदीको स्वर रहेको छ भने गायक सुवेदी र सुशील सुबेदीको शब्द रहेको छ।
विवेक घिमिरेको निर्देशन रहेको यस चलचित्रमा मानव सुवेदी, सुशील सिटौला अनु थापा, रबिन थापा, जीवन भट्टराई, प्रकाश भुजेललगायतका कलाकारहरूको अभिनय रहेको छ। चलचित्रमा कृष्ण भण्डारीको सम्पादन रहेको छ। गणेशदेव पाण्डेको निर्माण तथा लेखन रहेको फिल्मको केही अगाडि टिजर बाहिर आएको थियो।
https://youtu.be/mWXGvtDuAOE



















