आज महानायक राजेश हमालको जन्मदिन

वेलकम खबर
जेष्ठ २७, २०७७

काठमाडौँ। नेपाली चलचित्र क्षेत्रका  महानायक नायक राजेश हमालको आज जन्मदिन परेको छ। पाल्पाको तानसेनमा जन्मिएका हमालले आज आफ्नो ५६ औं जन्मदिन मनाउदैछन्। उनी जन्मदिन आफ्नो परिवारसँग मनाउँदैछन्। लक डाउनका कारण सार्वजनिक कार्यक्रममा उपस्थित हुन नसक्ने भएकाले पनि हमालको जन्मदिन परिवारसँगै बित्न लागेको हो।

नेपाली चलचित्र क्षेत्रमा ‘यूगदेखि यूगसम्म’बाट प्रवेश गरेका नायक हमालले आफ्नो करिअरमा ३ सय भन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन्। नायक राजेश हमालले अभिनय गरेका ‘बसन्ती’, ‘देउता’, ‘भाउजु’, ‘यूगदेखि यूगसम्म’ लगायतका चलचित्र चर्चित छन्। हमालले बोल्ने गरेको ‘हे‘’ शब्द निकै चर्चित मानिन्छ। ‘शंकर हुँ म शंकर’ बोलको संवाद हमालको करिअरकै सर्वाधिक सफल र चर्चित संवाद मानिन्छ।

उनले सन् १९९४ मा मात्र १६ वटा चलचित्रमा अभिनय गरेका थिए ।उनले एउटा पाकिस्तानी चलचित्रमा पनि अभिनय गरेका थिए। उनी अहिले पनि नेपाली दर्शकमाझ लोकप्रिय रहेका छन्। हमालको व्यक्तित्व, बोल्ने शैली र गम्भिर शैलीका कारण पनि दर्शकमाझ लोकप्रिय छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*