रेखा र सविनको  ‘हिरो रिटर्न्स’ टिभीमा रिलिज हुने

वेलकम खबर
जेष्ठ २६, २०७७

काठमाडौँ। विभिन्न कारणले प्रदर्शन हुनबाट रोकिएको अभिनेत्री रेखा थापाको ‘हिरो रिटर्न्स’ अब टिभीमा रिलिज हुने भएको छ।  अभिनेत्री रेखा थापाको डेब्यु फिल्म हिरो सँग नाम जोडिएको उनकै नयाँ फिल्म ‘हिरो रिटर्न्स’ धेरै पटक रिलिज मिति तोकिए पनि विभिन्न कारणले रिलिज हुन सकिरहेको थिएन।

२०७३ सालमा निर्माण घोषणा गरिएको यस फिल्म अब यस वर्षको बैशाख २६ गते प्रदर्शन गर्ने भनिएको थियो। तर लकडाउनका कारण प्रदर्शन रोकिएको थियो। अभिनेत्री रेखा थापा र अभिनेता सविन श्रेष्ठको मुख्य भूमिका रहेको यस फिल्मलाई निर्माण टिमले हलभन्दा अगाडि टिभीमा रिलिज गर्ने निर्णय लिएको छ। आशिष भेटवालको निर्देशनमा तयार भएको यो चलचित्र यही जेठ ३० गतेबाट डिस होममा रिलिज हुँदैछ।

एक्सन र लभस्टोरी कथामा बनेको चलचित्रमा सविनले ठूलै अपेक्षा गरेका थिए। तर अब यो चलचित्रलाई दर्शकले घरमै बसेर हेर्न पाउने भएका छन्। यसअघि हलमा रिलिज नगरी चलचित्र ‘कोपिला’लाई सिधै डिसहोमबाट रिलिज गरिएको थियो।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*