वर्षकै सफल अभिनेत्री बनिन् तापसी पन्नू
काडमाडौं। बलिउडकी चर्चित अभिनेत्री तापसी पन्नू वर्षकै सफल अभिनेत्री बनेकी छिन्। सन् २०१९ मा प्रदर्शनमा आएका ५ फिल्मले उनको करियरलाई उचाईंमा पुर्याएको छ। वर्षभर खेलेका ५ वटै फिल्मको सफलताले उनले बक्स अफिसमा सफल अभिनेत्रीको उपाधि पाएकी हुन्।
जुम टिभीको रिर्पोटअनुसार, तापसीका ५ फिल्मले सामूहिक रूपमा ३५ करोड कमाउन सफल भएका छन्। ती ५ सफल चलचित्रमध्ये मिसन मंगल, गेम ओभर, बदला, सान्दकी आँख गत वर्ष रिलिज भएका थिए। भने चलचित्र ‘थप्पड’ यही वर्षको मार्चमा रिलिज भएको थियो। यी चलचित्रमा गरेको अभिनयले तापसीले आलोचनात्मक प्रशंसा कमाएकी थिइन्।
आफू वर्षकै सफल अभिनेत्री बनेपछि तापसीले दर्शकको साथका लागि धन्यवाद दिएकी छिन्। उनले ट्विट गर्दै खुसी व्यक्त गरेकी छिन्। साथै यो सफलता पाउँछु भनेर नसेको र क्वारेन्टिनको यो समयलाई केही रोकेर, यो खुसी प्रदान गर्न तय गरेको यात्रालाई फर्केर मनाउनुपर्छ जस्तो लागिरहेको पनि उल्लेख गरेकी छिन्। थप्पडकी अर्की अभिनेत्री दिया मिर्जाले पनि तापसीलाई बधाई दिएकी छन्। उनले तापसीको फिल्म छनौटको कलालाई प्रशंसासमेत गरेकी छिन्।




















