चलचित्र विकास बोर्डको नयाँ अध्यक्षमा दयाराम दाहाल

वेलकम खबर
जेष्ठ २३, २०७७

काठमाडौँ। चलचित्र विकास बोर्डको नयाँ अध्यक्ष दयाराम दाहाल भएका छन्। विगत ६ महिनादेखि रिक्त रहेको उक्त बोर्ड अध्यक्ष पदका लागि उनलाई बिहीबार बसेको मन्त्री परिषद्को बैठकले नयाँ अध्यक्ष बनाउने घोषणा गरेको हो। 

तत्कालीन अध्यक्ष केशव भट्टराईको निधन भएपछि  विकास बोर्ड नेतृत्वविहीन भएको थियो। अव दाहालले २ बर्स बोर्डको नेतृत्व गर्नेछन्। नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रिय रहेका निर्देशक दाहालले बोर्डको सदस्य पदमा रहेर अनुभव हासिल गरिसकेका छन्। यसैले उनले बोर्डमा चलचित्रकर्मीको हितका लागि काम गर्ने विश्वास गरिएको छ।

चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि १० जनाको आवेदन परेको थियो। जसमा, अन्तिम ३ जना नव नियुक्त दयाराम साथै नायक भुवन केसी र संस्कृतिविद् राजेश थापाको नाम  मन्त्रिपरिषद्‌मा सिफारिस गरिएको थियो। सफल निर्देशकको रुपमा काम गरेका दयारामले रानी, दौतरी, ठुल्दाइ, चाँदनी, जंगे, ढुकढुकी, तँ त साह्रै बिग्रिस् नि बद्री, भरिया, दाइजो, जेठ कान्छो, अग्नि ज्वाला, भाग्य विधाता, दोबाटो, कर्मयोद्धा, अरबपति, दशगजा, फर्केर हेर्दा, कहाँ छौ कहाँ, म तिमी बिना मरिहाल्छु, नेपाल’ लगायतका चलचित्र निर्देशन गरेका छन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*