बार्सिलोनाका कप्तान मेस्सीले गरे अमेरिकामा भइरहेको आन्दोलनको समर्थन

वेलकम खबर
जेष्ठ २२, २०७७

काठमाडौँ। बार्सिलोनाका कप्तान लियोनल मेस्सीले अमेरिकामा भइरहेको आन्दोलनमा आफ्नो समर्थन जनाएका छन्। जर्ज फ्लोइड नामका अश्वेत व्यक्तिको हत्यापछि अमेरिका भर प्रदर्शन जारी रहेको छ।

प्रदर्शनकारीले रङ्गभेद र अश्वेतमाथिको दमन अन्त्य हुनुपर्ने माग राखेका छन्। फेसबुक, ट्विटर, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालबाट विश्वभर धेरैले यस आन्दोलनको समर्थन गरिरहेका छन्। यसै क्रममा मेस्सीले पनि आफ्नो इन्स्टाग्राम एकाउन्टमा कालो तस्विर राखेका छन्। उक्त कालो तस्वीरको क्याप्सनमा उनले ह्यासट्याग बिएलएम लेखेका छन्। जसको अर्थ – ‘ब्लयाक लाईभ्स् म्याटर’ अर्थात् ‘अश्वेतको जीवनको अर्थ छ’ भन्ने बुझिन्छ।

प्रदर्शनकारीले रङ्गभेद र अश्वेतमाथिको दमन अन्त्य हुनुपर्ने माग राख्दै मङ्गलबार रङ्गभेदविरुद्ध ह्यासट्याग ब्ल्याकआउटट्युज्डे अभियान चलाइएको थियो। यसै अभियानको समर्थन जनाउदै मेस्सीले पनि कालो तस्बिर सेयर गरेका हुन्। यस ब्ल्याकआउट अभियानमा धेरै फुटबलरले समर्थन जनाउदै आएका छन्।

प्रहरी दमनबाट मिन्नेसोटास्थित मिन्नियापोलिसका ४६ वर्षीय निहत्था अफ्रिकी अमेरिकी जर्ज फ्लोइडलाई गत साता मारिएका थिए। खुला सडकमा उनको घाँटीमा एक प्रहरी अधिकारीले घुँडाले थिचेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि यस घटनाको अहिले चौतर्फी विरोध भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*