बलिउडका चर्चित गीतकार अनवर सागरको निधन

वेलकम खबर
जेष्ठ २२, २०७७

काठमाडौँ। बलिउडका चर्चित गीतकार अनवर सागरको ७० वर्षको उमेरमा निधन भएको छ। उनको बुधबार मुम्बईस्थित कोकिलाबेन धीरुभाइ अम्बानी अस्पतालमा निधन भएको हो। उनको निधनबारे आइपिआरएस (इन्डियन पर्फोमिङ राइट सोसाइटी लिमिटेड)ले ट्विटमार्फत पुष्टि गरेको छ। यद्यपि, उनको मृत्युको कारण भने पत्ता लागिनसकेको बताइएको छ।

८० र ९० दशकमा उनले लेखेका चर्चित गीतहरू आजसम्म पनि उत्तिकै चर्चित रहेका छन्। उनले लेखेका चलचित्र ‘खिलाडी’ को ‘वादा रहा सनम, होंगे जुदा ना हम’ साथै ‘याराना’, ‘सलामी’, ‘आ गले लग जा’ र ‘विजयपथ’ लगायतका चलचित्रका गीतहरू उत्तिकै चर्चित रहेका छन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*