भारतमा सुरु भयो फिल्मका छायाङ्कन

वेलकम खबर
जेष्ठ २०, २०७७

काठमाडौँ। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण ठप्प भएको भारतीय फिल्मी बजारमा बिस्तारै फिल्मका छायाङ्कन सुरु हुने भएका छन्। यो सँगै अभिनेता अक्षय कुमारले यही साता एउटा विज्ञापनको छायाङ्कन गरेका छन्। उनलाई भारतको महाराष्ट्र सरकारले छायाङ्कन गर्न अनुमति दिएको थियो। यस्तै अन्य कलाकारले पनि कोरोनालाई मध्यनजर गर्दै विभिन्न छायाङ्कनहरु गरिरहेका छन्।

भारतीय मिडियाका अनुसार महाराष्ट्र राज्य सरकारले विभिन्न सर्त राखेर विभिन्न स्थानमा छायाँङ्कन गर्न मिल्ने बताएको छ। महाराष्ट्र राज्य सरकारले लामो नियम पुस्तिका बनाएर  छायाङ्कन गर्न मिल्ने अनुमति दिएको हो।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*